नयाँ दिल्ली, आश्विन २१ - गैर आवासीय नेपाली संघ (एनआरएन) को गणतन्त्र कंगो कार्यसमिति मोहनलाल ढकालको अध्यक्षतामा गठन भएको छ ।
कार्यसमिति सचिव नवराज बोगटीका अनुसार कंगोमा रहेको राष्ट्रसंघीय निकायबाहेक छरिएर बसेका नेपालीमाझबाट गठन गरिएको समितिको उपाध्यक्षमा राजेन्द्रप्रसाद जोशी र कोषाध्यक्षमा गोविन्द तिवारी छन् । यसैगरी, सदस्यहरुमा रविन्द्र थापा, जयप्रसाद चापागाई, ढाकाराम भण्डारी, डोलबहादुर कार्की, सन्जय पोखरेल र प्रसान्त अधिकारी छन् ।