xmlns:fb='http://www.facebook.com/2008/fbml' मुस्ताङमा नौ करोडको रेडियो स्टेशन - Np Kathmandu
Searching...
Monday, 7 October 2013

मुस्ताङमा नौ करोडको रेडियो स्टेशन

सोल, आश्विन २० - हिमाल पारीको जिल्ला भनेर चिनिएको मुस्ताङमा नौ करोड बीस लाख रुपैयाँ को लागतमा निर्माण गरिएको रेडियो स्टेसन शुक्रबार उदघाटन गरिएको छ । 'मुस्ताङ बोर्डकास्टीङ कम्युनिटी'(एमबीसी) नाम दिइएको सो रेडियो स्टेसन दक्षिणा कोरियाको दोस्रो ठूलो प्रसारण संस्था एमबिसी (मुन्हा बोडकस्टीङ कोपरेसन), कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी (कोइका) र एलजी आउट डोर फेसन ब्राण्ड लफुमाको ९२ लाख ३० हजार ४ सय ५० अमेरिकी डलर संयुक्त सहयोगमा स्थापना गरिएको हो ।
एमबीसी टेलिभिजनले जनाए अनुसार स्टेशन भवनका डिजाइनर प्रा कीम इन छल, एमबीसी टेलिभिजन संस्कृतिक विभागका निर्देशक किम जी उन लगायतका सहभागीहरुले सामूहिक रुपमा उदघाटन गरेका थिए । यसै महिनाको अन्त्यदेखि प्रसारण सुरु हुने  रेडियोबाट त्यस क्षेत्रका २ हजार नागरिकले सूचना,मनोरन्जन र विविध जानकारी पाउँनेछन् ।
नेपाली जनताको चेतना अभिवृद्धि र गुणस्तरीय जिवन बनाउन सहयोग पुर्याउने उद्धेश्यले रेडियो स्टेसन स्थापना गरिएको हो । समुन्द्र सतहदेखि २८ सय मिटर उचाइमा र हिमाली सौन्दर्य भएको जोमसोममा स्थापना गरिएकाले मुस्ताङ बोर्डकास्टीङ कम्युनिटी संसारकै सुन्दर प्रसारण केन्द्र हुने दावी गरिएको छ । सन् २०११ को डिसेम्बरबाट निर्माण कार्य शुरु गरेर ६ महिना भित्रै संचालनमा ल्याउने योजना गरिएको भए पनि भौगोलिक र प्राकृतिक बिकटताका कारण ढेड वर्ष लागेको थियो ।
प्रा. छलका अनुसार प्रसारण भवन निर्माणमा स्थानीय हावापानी र जीवन शैली सुहाउदो निर्माण सामाग्री र नेपाली कामदारको प्रयोग गरिएको छ । भवन निर्माणस्थलमा सामाग्रीको सीमित आपूर्ति र खराब मौसमका कारण स्टेशन उद्घाटन मिति पटकपटक सार्नु परेको एमबीसी अधिकारीहरुले यस अघि सोलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बताएका थिए । कोइकाले राष्ट्रिय अन्र्तराष्ट्रिय क्षेत्रमा गरेको सहयोग अनुभव र एमबीसीको ५० बर्षे प्रसारण अनुभव मुस्ताङ बोर्डकास्टीङ कम्युनिटीमा प्रयोग गरिएको छ ।
रेडियो संचालनपछि मुस्ताङमा बसोबास गर्ने समुदायका लागि रेडियो कार्यक्रम उत्पादन गर्ने र अन्नपूण्र हिमाल पदयात्रा गर्न जानेहरुका लागि पनि उपयोगी जानकारीहरु प्रसारण गरिने जनाइएको छ ।
फ्रीक्वेन्सी ९८.८बाट सुन्न सकिने रेडियो स्टेसनमा हर्क सुनार डिजे रहेका छन् । रेडियो स्टेसनको बारेमा एमबीसी टेलिभिजनद्धारा उत्पादित 'मुन्हा थोजन' नामक कार्यक्रमका सेलिब्रेटीहरुले समेत गएको आइतबार जानकारी दिएका थिए । एमबीसी कोरियामा सन् १९५९मा स्थापना गरिएको प्रसारण संस्था हो ।