रेखा-विराज भिडन्त
काठमाडौ, आश्विन २१ - एमाओवादीबाट चुनावमा भिड्ने कुरा त छँदै छ, रेखा थापा प्रारम्भका मित्र र कालान्तरका परायासँग पनि भिड्ने भइन्। छवि ओझासँग सम्बन्धविच्छेद गरेलगत्तै आफ्नै लगानीमा रेखाले फिल्म बनाएकी थिइन् काली। निर्माताहरूको महत्त्वाकांक्षी चाड मानिने दसैँमा कालीको सोलो रिलिज गर्ने तारतम्य मिलाइरहेका बेला एक्कासि विराज भट्टको मुख्य भूमिका रहेको दामिनी रिलिज हुने भएपछि तनावमा छिन् रेखा। दामिनीमा विराजको जोडीका रूपमा भने रेखा नै छिन्। हेर्नु छ, रेखा र विराजको भिडन्तमा कसले बाजी मार्ने हुन् ?
.jpg)