xmlns:fb='http://www.facebook.com/2008/fbml' 'राजनीति कहिल्यै गर्दिनँ’ - Np Kathmandu
Searching...
Monday, 7 October 2013

'राजनीति कहिल्यै गर्दिनँ’

काठमाडौ, आश्विन २० - संविधानसभाको दोस्रो चुनावको सन्दर्भमा नेपाली फिल्मका केही कलाकार अनेक कोणबाट चर्चामा रहे । भुवन केसीलाई एमालेले अघिल्लो दिन टिकट दिएर भोलिपल्ट खोस्यो, रेखा थापाको सपना पनि पूरा हुन सकेन । बलिउड नायिका विद्या बालनलाई नेपाली कलाकारको यस्तो अवस्था थाहा हुने कुरा त भएन, तर उनले आफूचाहिँ कहिल्यै राजनीतिमा नपस्ने प्रतिबद्धता जनाएकी छन् ।
'अभिनयकै लागि बाँच्छु,' उनले एउटा अन्तर्वार्ता क्रममा भनिन्, 'र, मलाई अभिनयले नै चिनाइरहनेछ ।' सामाजिक समस्या समाधानका लागि थुप्रै अभियानमा लागेकी भए पनि फिल्म छाडेर 'कुनै पनि हालतमा राजनीति नगर्ने' उनले बताइन् । भनिन्, 'नायिका हुनुमा नै म अत्यन्त खुसी छु ।'
महिला सशक्तीकरण र बालबालिकासम्बन्धी 'निर्मल भारत अभियान स्यानिटेसन क्यामपेन' र 'छोटे कदम प्रगतिकी और क्याम्पेन' मा आबद्ध उनले 'राजनीतिप्रति भारतीय नागरिकमा एक प्रकारको भ्रम रहेको दाबी पनि  गरिन् । बारम्बार 'कलाकारितामा नै अधिक सन्तुष्ट छु' भन्दै उनले आफूलाई क्यामेरापछाडि के भइरहेको छ भन्नेसमेत चासोको विषय नहुने बताइन् । 'पा' मा अविवाहित आमाको भूमिका ,'घनचक्करमा' लाउड पन्जाबी महिलाको भूमिका र 'डर्टी पिक्चरमा' सेक्स सिम्बलको रूपमा देखिएकी उनी अहिले फरहान अक्तरसँगका फिल्म 'शादीकी साइड इफेक्टस्' पर्खिराखेकी छन् ।